नियम १७
दाना पदार्थ बिक्री वितरण गर्ने अनुज्ञापत्र
(१) दाना पदार्थ बिक्री
वितरण गर्न चाहने व्यक्तिले पाँच रुपैयाँ दस्तूर तिरी सम्बन्धित गाउँ विकास
समिति वा नगरपालिकाबाट अनुसूची–७ बमोजिमको अनुज्ञापत्र लिनु पर्नेछ र
त्यस्तो अनुज्ञापत्र स्थानीय अधिकारी वा निजले तोकेको कर्मचारी वा दाना
जाँचकीले खोजेको बखत देखाउन सक्ने गरी विक्री स्थलमै राख्नु पर्नेछ ।
(२) यो नियमावली प्रारम्भ हुँदाका बखत दाना पदार्थको व्यवसायमा
लागेका व्यक्तिले पनि यो नियमावली प्रारम्भ भएको मितिले ३ महिनाभित्र
उपनियम (१) बमोजिम सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाबाट
अनुज्ञापत्र लिनु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम दाना पदार्थको वितरण गर्नको
लागि अनुज्ञापत्र दिएपछि सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाले
त्यसको जानकारी केन्द्रीय खाद्य अनुसन्धानशालालाई दिनु पर्नेछ ।